रत्ननगर,पौष १३
रत्ननगरको सौराहाचोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज दिउँसो सौराहाचोकमा टिपरले ठक्कर दिदा रत्ननगर १५ बस्ने एकिन बहादुर गुरुङको ज्यान गएको हो । सौराहाबाट टाँडी तर्फ आउदै गरेको ना ७ ख ३१५७ नम्बरले टिपरले साईकल यात्री गुरुङलाई ठक्कर दिएको हो । टिपरले ठक्कर दिएर घाइते भएका गुरुङलाई उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा उनको साझँ उपचारको क्रममा ज्यान गएको चितवन प्रहरीले जानकारी दिएको छ । साईकल यात्रुलाई ठक्कर दिने सवारी र सवारी चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।