काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा सुधार आफूबाटै हुने बताएका छन्। मंगलबार माओवादी अधिवेशनको उद्घाटनस्थल प्रज्ञा भवनबाट बाहिरिने क्रममा पत्रकारहरूले सोधेको एक प्रश्नको जवाफमा प्रचण्डले सुधार आफूबाटै हुने बताएका हुन्।
प्रचण्डले भने,‘ ‘पार्टीमा जे सुधार हुन्छ मैबाट हुन्छ र भइरहेको छ। उनले जनतासँगको सम्बन्ध सुधारका लागि आफू फिल्डमा पनि जाने बताए। ‘फिल्डमा जान्छु र गैरहेको पनि छु।’
माओवादीको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्रमा पेश गरेको राजनीतिक प्रस्तावमाथि २५ वटा समूहमा सामूहिक छलफल चलिरहेको छ।