कांग्रेसले तोक्यो १६ जिल्लाको अधिवेशन मिति

December 27, 2021 7:25 pm

काठमाडाैं। नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशनको मिति तय गरेको छ। सोमबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले पुस २७ गतेका लागि बाँकी १६ जिल्लाको अधिवेशन मिति तोकेको हो।

कांग्रेसकाे जिल्ला अधिवेशन हुन बाँकी भएका जिल्लाहरुमा अधिवेशन सम्पन्न गर्नकाे लागि मिति तय भएकाे हाे। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरको अधिवेशन हुन बाँकी छ।