रत्ननगर,पौष १० ।
लायन्स क्लब अफ काठमाण्डौ सानी भेरी र लायन्स क्लब अफ काठमाण्डौ शुभ आरम्भले रत्ननगर ११ मा रहेको चेपाङ संरक्षण केन्द्रका विद्यार्थीलाई ब्ल्याङकेट प्रदान गरेको छ । क्बलले ‘वार्म विन्टर गिफ्ट प्रोग्राम’ अन्तर्गत संरक्षण केन्द्रका १ सय ६१ चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
ब्ल्याङकेट सहयोग कार्यक्रमको क्रममा लायन्स क्लब अफ काठमाण्डौ सानीभेरीका अध्यक्ष सुदीप सिंखडाले एक ब्यक्तिको निगरानीमा १६१ जना सिमान्तकृत चेपाङ बालबालिकालाई बिगत १२ वर्ष देखि खाना, नाना र छानाको जोहो गर्नु कल्पना भन्दा बाहिरको अपत्यारिलो कुरो जस्तो लागे पनि प्रत्यक्ष देख्दा अचम्भित भएको बताए । शिक्षा प्रदान संगसंगै ब्यबहारिक दैनिकी कर्म, कृषि कर्म र शीपमुलक अभियानमा पनि अहिले देखि नै जोड्दै लैजाने हो भने बालबालिकाहरुको भविष्यमा धेरै सम्भावना देखेको सिंखडाको भनाई छ ।
कार्यक्रममा चेपाङ संरक्षण केन्द्रकी सचिव अनिता अर्यालले केन्द्रमा आश्रीत यो पुस्ताका बालबालिकाहरुलाई पुर्ण शिक्षा दिएर आत्मनिर्भर बनाउन सकेको खन्डमा भोलिको दिनमा कहिँ पनि र कहिल्यै पनि झोला बोकेर उनिहरुको दोस्रो पुस्तालाई माग्नु नपर्ने भनाई ब्यक्त गरिन् । अर्यालले एक ब्यक्तिको अभियानमा विश्वाश गरी देश तथा बिदेशबाट समय समयमा आर्थिक, खाध्य तथा भौतिक सहयोगकै कारणले बालबालिकाहरुले पढाईलाई निरन्तरता दिनु पाएको भन्दै आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास ब्यक्त गरिन् । केन्द्रका अध्यक्ष केपिकिरण शर्माले न्यानो कपडाको अभावमा असहज चिसो सहेर सुत्नु बाध्य बालबालिकालाई क्लवको तर्फबाट प्रदान गरेको ब्ल्यांकेटले सहजको निन्द्रामा सुत्न पाउने भएकोले दातृ संस्था र उपस्थित प्रतिनिधिहरु प्रति धन्यवाद ब्यक्त गरे ।
लायन्स क्लब अफ काठमाण्डौ सानीभेरीका अध्यक्ष सुदिप सिंखडाको सभापतित्वमा भएको कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं। १० का वडा अध्यक्ष केशव आचार्यको प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा सानी भेरीका उज्वल लामिछाने, सुजाता खनाल, अरुण भुजेल, झरना चटौत, मिनिता क्षेत्री र उत्तम पुडासैनी र शुभारम्भ क्लवका सेक्रेटरी सुनैना श्रेष्ठ, जोन चेयर पर्सन धनु सिंजाली, आधार क्लवकी डाइरेक्टर रिंकु श्रेष्ठ, नेपाल तेक्वान्दोका अन्तरराष्ट्रीय प्रशिक्षक रोशन खान, चितवन तेक्वान्दो डोजाङका सचिव शैलेश श्रेष्ठ, समाजसेवी तथा स्वास्थ्य परिचारिका टीका कुमारी नेपाल लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम सुरेन्द्र कुमार संघईले सन्चालन गरेका थिए ।
त्यस्तै,शनिबार नै भरतपुर घर भई जापान बस्नुहुने रामु कँडेलको दश हजार रुपैयाँ सहयोग गरेका छन् । जापानमा रहेर चेपाङ संरक्षण केन्द्रको लागि केन्द्रका सल्लाहकार दीपक नेपालको पहलकदमीमा कँडेलले जन्मदिनको अवसरमा नगद सहयोग गरेका हुन् । जन्मदिनमा गरिने फजुल खर्च कटौती गरी कँडेल र उहाँकी धर्मपत्नी गोमा आचार्यले पठाउनुभएको १० हजार रुपैयाँको चेक केन्द्रका अध्यक्ष शर्मालाई दीपक नेपालका आमा टीका कुमारी नेपालले हस्तान्तरण गरेकी हुन् ।