आनन्द फुड ल्याण्ड भोलीबाट संचालनमा आउँदै

December 24, 2021 6:44 pm

रत्ननगर,पौष ९
रत्ननगरका दुई युवाले रत्ननगरको सौराहाचोकमा आनन्द फुड ल्याण्ड संचालनमा ल्याउने भएका छन् । समाजसेवी तथा किराना ब्यवसायी हरि अधिकारी र फर्निचर ब्यवसायी आनन्द क्षेत्रीको संयुक्त लगानीमा सौराहाचोकमा भोली बुधबारबाट फुड ल्याण्ड संचालनमा आउन लागेको हो ।

फुड ल्याण्डको उद्योग वाणीज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले औपचारीक उद्घाटन गर्ने कार्यक्रम रहेको संचालक हरि अधिकारीले जानकारी दिए । फुड ल्याण्डमा तास,नेपाली खाना सेट,तन्दुरी,नान लगायतका परिकार उपलब्ध हुने अधिकारीले बताए । फुड ल्याण्डमा एकैपटकमा १०० जना भन्दा वढी ग्राहकहरुलाई सेवा दिन सकिने अर्का संचालक आनन्द क्षेत्रीको भनाई छ ।

होटलको क्षेत्रमा ८ वर्षको अनुभव वटुलेका संचालक क्षेत्री र उद्योग वाणिज्य संघका पुर्व कार्यसमिति सदस्य समेत रहेका अधिकारीले फुड ल्याण्डमा पुर्ण पारिवारीक बातावरणमा रमेर स्वादिष्ठ परिकार खान सकिने बताए ।