कांग्रेसको प्रदेश २ समितिमा पाँच सदस्य निर्विरोध निर्वाचित

December 22, 2021 4:04 pm

काठमाडौं। नेपाली कांग्रेस प्रदेश नम्बर २ समितिको जारी अधिवेशनमा पाँच जना सदस्य निर्विरोध निर्वाचित भएका छन्।

खुल्लातर्फ सप्तरीका आशाराम चौधरी, महिलातर्फ सप्तरीकै विमला देवी साह र महोत्तरीकी उषा देवकोटा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

यस्तै, मधेसी महिलातर्फ पर्साकी किरण कुमारी र आदिवासी जनजातिमा मनमया तमाङनी निर्विरोध निर्वाचित भएका छन्।

प्रदेशको नयाँ नेतृत्वका लागि हालसम्म निर्वाचन सुरु हुन सकेको छैन। पार्टी सभापति शेरबहादुर देउवा निकट कृष्ण यादव र विमलेन्द्र निधि तथा शेखर कोइरालाको समर्थनमा रामसरोज यादवले सभापतिमा उम्मेदवारी दिएका छन्।