रत्ननगर,पौष ३
रत्ननगर नगरपालिकामा भोली आइतबारदेखी मतदाता नामावली संकलन गरिने भएको छ । मतदाता नामावली संकलन स्थानिय सहयोग,समन्वय तथा प्रचार प्रसार समितिको निर्णय अनुसार भोली देखी पुष १६ गतेसम्म नामावली संकलन गर्न लागिएको हो ।
नगरपालिकाले पहिलो दिन भोली वडा नम्बर १ को विहान १० बजेदेखी ५ बजेसम्म नामावली संकलन गरि सुरुवात गर्नेछ भने अन्य दिन विहान ८ बजेदेखी ५ बजेसम्म नामावली संकलन गर्ने छ । पौष १० गते र पौष १७ गते बाहेक अन्य दिनमा एक दिन एक वडाको मात्र नामावली संकलन हुने छ ।
नामावली संकलनको अन्तिम दिन पौष १८ गते छुटेका ब्यक्तीको नामावली संकनल गर्ने सुचनामा उल्लेख छ । सुचनामा विदाको दिनपनि विहान ८ बजेदेखी ५ बजेसम्मनै नामावली संकलन गर्ने जनाइएको छ ।
