रत्ननगरका समिरले पाए मोबाइल किन्दा मोबाइल उपहार

December 17, 2021 9:03 pm

रत्ननगर ०२ पुस ।
रत्ननगरका एक युवाले चिठ्ठा उपहार योजना अन्तर्गत मोबाइल किन्दा मोबाइल नै उपहार पाएका छन् । सगरमाथा मोबाइल हाउसबाट मोबाइल खरिद गरेका रत्ननगर १० कैलाशटोलका समिर राउतले १५ हजार मुल्यको नोकिया स्मार्ट मोबाइल फोन जितेका हुन । सगरमाथा मोबाईलले आफ्ना ग्राहकवर्गको हितलाई ध्यानमा राख्दै महिना भरि मोबाईल खरिद गर्ने ग्राहकहरु मध्यबाट खुल्ला गोलाप्रथा बाट विजेता घोषणा गर्दै फरक-फरक खालको उपहार प्रदान गर्ने गरेको छ ।

सो हाउसले मंसिर महिना भरी मोबाइल खरिद गरेका ग्राहकलाई प्रदान गरेको कुपनको शुक्रबार पत्रकारको रोहबरमा चिठ्ठा खोलेको थियो । मोबाइल हाउसका सञ्चालक शंकर पौडेलले व्यवसाय प्रर्बद्धन र ग्राहकप्रतिको दायित्व पुरा गर्न चिठ्ठा उपहार योजना सञ्चालन गरेको बताए ।

रत्ननगरको सौराहाचोक गंगाप्लाजामा रहेको सो मोबाइल हाउसले विभिन्न कम्पनीले उत्पादन गरेका मोबाइल सेट सुपथ मुल्यमा विक्री गर्दै आएको छ । मासिक लक्की ड्र गरि प्रत्यक्ष रुपमा उपहार प्रदान गरेको भन्दै आफुहरुको आकर्षण सगरमाथा मोबाइल तर्फ रहेको कार्यक्रममा उपस्थित ग्राहकहरुले बताएका थिए ।