रत्ननगर,पौष २
रत्ननगर १६ मा रहेको सृजनशिल महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं बार्षिक साधारण सभा शुक्रबार गरिएको छ । रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी प्रमुख अतिथी रहेको सभामा बार्षिक प्रगति प्रतिवेदन,आर्थिक प्रतिवेदन,आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रस्तुत सवै प्रतिवेदन पारित भएको ब्यवस्थापक साबित्री रायमाझीले जानकारी दिइन् ।
साधारण सभाको अवसरमा सहकारी संस्थाको उन्नतिमा भुमिका खेलेको भन्दै विभिन्न विधामा शेयर सदस्यलाई सम्मान गरिएको थियो । जेष्ठ नागरिकको सम्मान भुल माया सोडारी,बालकुमारी घिमिरे र लक्ष्मी खनालले पाए भने मन कुमारी राई,ललिता खड्का र संसरा नेपालीले उत्कृष्ठ ऋणिको सम्मान प्राप्त गरे । त्यस्तै साबीत्री रायमाझी,शोभा ढुङगाना र सुजता अधिकारी उत्कृष्ठ कर्मचारीको रुपमा सम्मानित भए भने निर्वाचन संयोजक पौश प्रसाद पोख्रेल र निवर्तमान अध्यक्ष रिता अधिकारीलाई पनि संस्थाको उन्नतिमा भुमिका खेलेको भन्दै सम्मान गरिएको थियो ।
महिलाहरुद्धारा संचालित सहकारीले यो वर्ष कुल आम्दानि ८७ लाख ९ हजार ६६० रुपैयाँ,कुल खर्च ७९ लाख ४३ हजार ७१४ रुपैयाँ र १ करोड ३९ लाख १९ हजार ४३६ रुपैयाँ बचत संकलन गरेको संस्थाकी अध्यक्ष मिना ढकालले जानकारी दिईन् । सहकारीले यो वर्ष ११ करोड १६ लाख ३२ हजार ९५ रुपैयाँ ऋण लगानी गरेकोमा १० करोड २० लाख २१ हजार ६२५ रुपैयाँ ऋण असुल भएको ढकालले बताईन् ।
कार्यक्रममा रत्ननगर वडा नम्बर १६ का वडाध्यक्ष हेमराज थापा,वडा नम्बर १४ का वडाध्यक्ष हरिकुमार श्रेष्ठ,वडा नम्बर १५ का वडाध्यक्ष हुमनाथ लामिछाने,सहकारी प्रमुख गृष्मा शर्मा,पिठुवा खानेपानीका अध्यक्ष आसिक तामाङ,पिठुवा गरिवी निवारण सहकारीका रमेश लामिछाने,संस्थाका पुर्व अध्यक्ष शर्मिला लामिछाने लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष नर्मदा अधिकारीले स्वागत मन्तब्य राखेकी थिईन ।