ज्ञानेन्द्र मल्ल पदमुक्त, नेपाली क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछाने

December 15, 2021 7:39 pm

नेपाल क्रिकेट संघ क्यानले कप्तान ज्ञानेन्द्र मल्ल लाई पदमुक्त गरेको छ ।
नेपाल क्रिकेट संघ(क्यान)को बुधबार बसेको बैठकले मल्ललाई पदमुक्त गर्दै कप्तानमा सन्दिप लामिछानेलाई नियुक्ती गर्ने निर्णय गरेको हो ।
बैठकले मल्ल संगै दिपेन्द्र सिंह ऐरीलाई पनि उपकप्तानबाट पदमुक्त गर्ने निर्णय गरेको छ । कारवाहीमा परेका अन्य खेलाडीमा सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्याकबाट सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको छ ।