पदमपुर महोत्सव भोलिदेखि हुँदै

December 8, 2021 6:56 pm

चितवन,मंसिर २२
पुर्वि चितवनको पदमपुरमा भोली देखी पदमपुर महोत्सव सुरु हुने भएको छ । पदमपुरको साङ्गे कज्युङ्ग गुम्बाको आयोजनामा शहिद स्मृति क्याम्पस प्राङ्गणमा प्रथम पदमपुर पर्यटक सांस्कृतिक तथा व्यापारिक महोत्सव २०७८ हुन लागेको हो ।

आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । महोत्सवको भोलि कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले उद्घाटन गर्ने गुम्बाका अध्यक्ष पदम बहादुर तामाङले जानकारी दिए । निर्माणाधीन अवस्थामा रहेको गुम्बाको निर्माणका लागि आर्थिक संकलन तथा पदमपुरको पर्यटकीय तथा सांस्कृतिक विकास गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको तामाङले जानकारी दिए ।

पौष ४ गतेसम्म हुने महोत्सवमा १०० वटा स्टल रहने महोत्सव मूल व्यवस्थापन समितिका सदस्य सन्तोष तामाङ्गले बताए । महोत्सवको मुख्य आकर्षण सांस्कृतिक कार्यक्रममा दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति रहने तामाङले जानकारी दिए । सांस्कृतिक कार्यक्रममा कलाकारहरु खुमन अधिकारी, पशुपति शर्मा, ज्योति मगर, कमल खत्री, एलिना चौहान, मार्मिक लामा, रचना रिमाल, महादेव त्रिपाठी, मनोज बिक, मिलन लामा, नेत्रजी पन्त, राजु परियार, उमादेवी खनाल र बलराम सरकारको प्रस्तुती रहने छ । त्यस्तै पुष २ गते भिटेन, पुष ३ गते मिस्टर डी र पुस ४ गते लाहुरेको प्रस्तुती रहने छ ।