काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले संसद् बैठक अवरुद्ध पारिरहनुकाे कुनै औचित्य नभएकाे बताएका छन्। उनले आइतबार ट्विटरमार्फत् अवरोध नै गर्ने भए सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुपर्ने नभए संसद् बैठक अवरोधको अर्थ नहुने बताएका हुन् ।
उनले लेखेका छन्, ‘संसद् देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो । सरकारका सबै कामकारबाही हुन दिई संसद् अवरुद्ध गरेको भन्नुको अौचित्य छैन। कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुपर्यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनुपर्यो । अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर् भने झैँ ठहर्छ ।’
एमालेका नेताहरूले मंसिर २८ गतेका लागि बोलाइएको संसद् बैठक अवरुद्ध गर्ने संकेत गरिरहेका बेला रावलले यस्ताे प्रतिक्रिया दिएका हुन्।