एमाले अध्यक्षमा ओली दोस्रो कार्यकालका लागि निर्वाचित

November 30, 2021 5:41 pm

चितवन, १४ मंसिर । नेकपा एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । खसेको कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ८ सय ४० मत प्राप्त गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् भने उहाँका प्रतिद्वन्द्वी भीम रावलले २ सय २४ मत पाए ।

मत परिणाम
अध्यक्ष
केपी शर्मा ओली १८४० (निर्वाचित)
भीम रावल २२४

उपाध्यक्ष
अष्टलक्ष्मी शाक्य १९७६ (निर्वाचित)
सुरेन्द्र पाण्डे १९२५ (निर्वाचित)
सुवासचन्द्र नेम्वाङ १८६५(निर्वाचित)
विष्णु पौडेल १८५६ (निर्वाचित)
युवराज ज्ञवाली १८४२ (निर्वाचित)
रामबहादुर थापा १७६८(निर्वाचित)
घनश्याम भूसाल ७२५

सचिव
गोकर्ण विष्ट १९७६ (निर्वाचित)
योगेश भट्टराई १९६४ (निर्वाचित)
पद्मा अर्याल १८०० (निर्वाचित)
छविलाल विश्वकर्मा १८०० (निर्वाचित)
लेखराज भट्ट १७०४ (निर्वाचित)
टोपबहादुर रायमाझी १७०० (निर्वाचित)
रघुवीर महासेठ १५१३ (निर्वाचित)
भीम आचार्य १३००
टंक कार्की ५००