एमाले महाधिवेशन : २ हजार ९६ मत खस्यो, तीन घण्टाभित्र परिणाम आउने

November 30, 2021 11:34 am

सौराहा, १४ मंसिर । नेकपा एमालेको सौराहामा जारी दशौं महाधिवेशनमा मतदान सम्पन्न भएको छ । निर्वाचनमा २ हजार ९६ मत खसेको हो ।

एमालेका २ हजार १ सय ५३ प्रतिनिधि मतदाता थिए । जसमध्ये ५७ जना मतदाता अनुपस्थित रहे । मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन समारोह सम्पन्न गरेर ११ गतेदेखि सुरु भएको बन्दसत्रमा सहमतीको प्रयास गरिएपनि नभएपछि आज विहान ४ बजेबाट मतदान सुरु भएको थियो । विहान अध्यक्षका उमेद्वार केपी शर्मा ओली र अर्का उमेद्वार भीम रावलले मतदान गरेपछि सुरु भएको थियो । मतदान ११ बजे सम्पन्न भएको हो ।

अध्यक्षमा दुई, उपाध्यक्षमा ६ पदका लागि सातजना, सचिवमा ७ पदका लागि ९ जनाले उमेद्वारी दिएका छन् । केही सदस्य पदका लागि पनि मतदान भएको हो । निर्वाचन आयोगका अनुसार अबको दुईदेखि तीन घण्टापछि परिणाम आउने छ ।