नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध

November 29, 2021 1:49 pm

सौराहा, १३ मंसिर । नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा बागमती प्रदेश तर्फ महिला सदस्य पदमा उम्मेद्वारी दिनुभएका रावल सर्वसम्मत निर्वाचित हुनु भएको हो । भूगोलतर्फ बागमती प्रदेशको महिलातर्फ तीन जनाको कोटामा तीन जना मात्रै उम्मेद्वारी परेको हो । रचना खड्का र पेम्बा लामा पनि निर्विरोध निर्वाचित हुनु भएको छ । रावल चितवनका लोकप्रिय महिला नेतृको रुपमा परिचित हुनुहुन्छ । पार्टीको जारी महाधिवेशनको कमाण्डरका रुपमा उहाँलाई हेरिएको छ । महाधिवेशनको भव्य आयोजना भएका कारण उहाँको चौतर्फी प्रशंसा भएको छ ।