कांग्रेस चितवन क्षेत्र नं १ को सभापतिमा ओली निर्वाचित (मतपरिणामसहित)

November 23, 2021 11:51 am

चितवन ०७ मंसिर । नेपाली कांग्रेस चितवन क्षेत्र नं १ क्षेत्रीय सभापतिमा किरणभूषण ओली निर्वाचित भएका छन्। १४औं महाधिवेशनअन्तर्गत भएको क्षेत्रीय अधिवेशनमा निकटम प्रतिद्वन्द्वी इन्द्रकमल बुढाथोकीलाई ६८ मतान्तरले पछि पार्दै ओली क्षेत्रीय सभापतिमा विजयी भएका हुन्।
पार्टीमा शेरबहादुर देउवा निकट मानिने ओलीले ४९१ मत र बुढाथोकीले ४२३ मत प्राप्त गरेका छन्। सचिवमा दीपकराज पौडेल (४७२) र उमेश गिरी (४२४), सह–सचिमा माधवप्रसाद पौडेल (४००) र दीपनारायण चौधरी (३९५) प्राप्त गरी विजयी भएका छन्।
कार्यसमिति सदस्यमा लक्ष्मी थापा भट्ट (४४९), बुद्धिसेन चौधरी (४३३), नारायणप्रसाद भट्टराई (३८४), टीकाप्रसाद भन्तना (३७१), संगिता उप्रेती (४४८), जयराम अधिकारी (४५७), कमला श्रेष्ठ (४४६), विवेक उदास (५०७), राधा विक (४४३) निर्वाचित भएका छन्। कार्यसमिति सदस्यका लागि बन्धुराम चौधरी र केशव प्रजा भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुलातर्फ भेषराज दुवाडी (४८७), उत्तम आचार्य (४३१), कुमार कार्की (४०६), राजेन्द्र बुर्लाकोटी (३९७), दिवाकर अर्याल (३९५), शरदकुमार बर्तौला (३६८), राजुप्रसाद सिलवाल (३५७), प्रदीप बस्नेत (३७२), बासु ढुंगाना (३४९), प्राडा तीर्थराज खनियाँ (३४४) विजयी भएका छन्।
त्यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा प्रत्यक्ष महिलातर्फ नीता ढकाल (४८२), गीता देवकोटा (४६८), सावित्री बोगटी पाठक (४४२), शशी महतो (३६३) मतका साथ विजयी भए।
केन्द्रीय महाधिवेशन प्रतिनिधिअन्तर्गत समाबेसीतर्फ खसआर्य महिलामा शशी रानाभाट (५५५), सरस्वती पौडेल (४१३), खसआर्य खुलातर्फ नेमराज शर्मा पौडेल (४२२), सरोज कुँवर (३५४), आदिवासी जनजाति महिलातर्फ कमलादेवी श्रेष्ठ (४७३), आदिवासी जनजाति खुलातर्फ धनबहादुर गुरूङ (५३९), जयन्द्रकुमार श्रेष्ठ (४९१), दलित खुलातर्फ शेरबहादुर परियार (४७२), थारु महिलातर्फ चन्द्रकुमारी चौधरी (४५१), थारु खुलातर्फ चन्द्रबिक्रम चौधरी (३०६), मधेशी, मुश्लिम, अल्पसंख्यक, अपांगतर्फ महेश रौनियार (३०४) मतका साथ निर्वाचित भएका छन्। कुल ९५१ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ९४२ मत खसेको थियो ।