एमाले महाधिवेशन : मोटरसाइलक र्‍यालीको तयारी पूरा

November 22, 2021 3:57 pm

चितवन, ६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचार गर्नका लागि आयोजित मोटरसाइलक र्‍यालीको तयारी पूरा भएको छ । यही मङ्सिर १० मा चितवनको नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटनका लागि भोलि मङ्गलबार बृहत् मोटरसाइलक र्‍यालीको आयोजना गरिएको छ ।
जिल्लाका विभिन्न स्थानबाट महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा भेला भएर दिउँसो १ बजे मोटरसाइकल ¥याली निस्कने तयारी भएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले बताउनुभयो । र्‍यालीको संयोजन युवा संघ नेपाल चितवनले गरेको छ । मोटरसाइलक र्‍यालीमा बृहत् सहभागिता जनाउनेगरी तयारी भएको संयोजक सुवेदीले बताउनुभयो ।
भोलि मङ्गलबार दिउँसो १ बजे नारायणी नदी किनारबाट सुरु हुने मोटरसाइलक र्‍यालीले भरतपुर महानगरपालिकाका विभिन्न भागहरु परिक्रमा गर्दै पुनः नदी किनारमा पुगेर समापन हुने सुवेदीको भनाइ छ।