शेयर परिसूचक नेप्सेमा दाेहाेराे अङ्ककाे गिरावट

November 21, 2021 4:33 pm

काठमाडाैं। साताको पहिलो दिन आज आइतबार सेयर बजारको परिसूचक नेप्सेमा ११.६ अंककाे गिरावट आएकाे छ। सो अंकको गिरावटसँगै नेप्से परिसूचक २७५७ अंकमा कायम भएको छ ।

यस दिन कुल ४ अर्ब ३५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । जलविद्युत र उत्पादनबाहेकका सबै उपसमूह घटेका छन् । जलविद्युत १३ र उत्पादन उपसमूह ९६ अंकले बढेकाे छ ।

बैंकिङ ५, ब्यापार ५८, होटल तथा पर्यटन ५०, विकास बैंक ६, फाइनान्स १९, निर्जीवन बीमा ६४, अन्य ३८, माइक्रोफाइनान्स १७ र जीवन बीमा उपसमूह १४० अंकले घटे ।

समग्र बजार घट्दा ६२ कम्पनीको मूल्य बढ्यो । ११५ कम्पनीको मूल्य घट्यो भने १० कम्पनीको स्थिर रह्यो । दुई कम्पनीहरु नारायणी डेभलपमेन्ट बैंक र मानुसी लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । तेह्रथुम पावरको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले घट्यो ।