रत्ननगरमा माओवादी केन्द्रको सबै वडामा सर्वसम्मत नेतृत्व

November 20, 2021 5:10 pm

रत्ननगर, ४ मंसिर । चितवनको रत्ननगर नगरपालिकामा माओवादी केन्द्रले सर्वसम्मत वडा कमिटी गठन गरेको छ । शनिवार सम्पन्न वडा सम्मेलनले रत्ननगरका १६ वटै वडामा सर्वसम्मत वडा कमिटी गठन गरेको नगर अध्यक्ष ओमप्रसाद लामिछानेले जानकारी दिए ।

रत्ननगर नगरपालिका–१ वडा कमिटीको अध्यक्षमा विष्णुप्रसाद शर्मा, सचिवमा शंकर गिरी, २ को अध्यक्षमा भिम वहादुर थापा, सचिवमा खेमलाल दाहाल, ३ को अध्यक्षमा हिमालय खनाल, सचिवमा केपी पराजुली, ४ को अध्यक्षमा शिवप्रसाद बास्तोला, सचिवमा टीका तामाङ, ५ को अध्यक्षमा नारायण महतो, सचिवमा मने दमै, ६ को अध्यक्षमा खगराज खनाल, सचिवमा छुना रेग्मी, ७ को अध्यक्षमा यसराम महतो र सचिवमा अशल तामाङ र ८ को अध्यक्षमा राजेन्द्र थपलिया, सचिवमा प्रतिमा चौधरी चयन भएका छन् ।

त्यसैगरी रत्ननगर–९ को अध्यक्षमा नन्दु रेग्मी, सचिवमा विष्णु पोखरेल, १० को अध्यक्षमा विष्णु सुवेदी, सचिवमा दिपक रायमाझी, ११ को अध्यक्षमा यज्ञ धमला, सचिवमा लक्ष्मी चौलागाई, १२ को अध्यक्षमा सुशील तिवारी, सचिवमा विनोद अधिकारी, १३ को अध्यक्षमा सन्तोष घिमिरे, सचिवमा खिम बहादुर घर्ती, १४ को अध्यक्षमा चिरञ्जिवि घिमिरे, सचिवमा टंक खनाल, १५ को अध्यक्षमा देवि बस्ताकोटी, सचिवमा धु्रव लामिछाने र १६ को अध्यक्षमा रामप्रसाद रिमाल, सचिवमा बुद्धि गुरुङ निर्विरोध निर्वाचित भएको नगर अध्यक्ष लामिछानेले जानकारी दिए ।

मओवादी केन्द्रले शनिवार चितवन सहित देशभरीका वडामा वडा सम्मेलन गरेको छ । यही मंसिर ११ गते पालिका तथा नगर सम्मेलन र २५ गते प्रदेश सम्मेलन सम्पन्न हुने जनाइएको छ । आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलन तय गरिएको छ ।