नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तरगत चितवन क्षेत्र नं. २ (क) प्रदेश सभापतिमा जनार्दन प्रसाद दाहाल निर्वाचित भएका छन् । आज (शनिबार) विहान सम्पन्न मतगणना अनुसार २२९ मतका साथ दाहाल सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी हरिप्रसाद भण्डारीले १९५ मत प्राप्त गरे भने राजकुमार गुरुङले ५० मत प्राप्त गरे ।यस्तै उपसभापतिमा मिठु गौतम सुवेदी (२५४) र केशवराज रिमाल (२४०) निर्वाचित भएका छन् । उनीहरुको निकटम प्रतिद्धन्द्धी इश्वरी प्रसाद अधिकारीले २०५ र प्रजापति सापकोटा १९४ मत मात्रै प्राप्त गरे । त्यस्तै सचिवमा कुमबहादुर गुरुङ (२५४) र ठाकुर लामिछाने (२५१) निर्वाचित भएका छन् । मणिरत्न शाक्य २१९ र अर्जुन मर्दनिया १५४ मत मात्रै प्राप्त गरे । यसैगरि सह–सचिवमा सुजन थापा (२४१) र सोमराज आचार्य (२२२) निर्वाचित भएका छन् ।