कांग्रेस चितवन क्षेत्र नं. १ (ख) को सभापतिमा गोबिन्द गौतम निर्वाचित (मतसहित)

November 20, 2021 8:13 am

नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्र्तगत चितवन क्षेत्र नम्बर १ (ख) प्रदेश सभापतिमा गोबिन्द गौतम निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा गौतम २७९ मतका साथ सभापतिमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी रामहरी न्यौपानेले २६५ र सुजन थापाले १९ मत प्राप्त गरे । यस्तै उपसभापतिमा इन्द्रलाल न्यौपाने २९३ मत र डिल्ली प्रसाद छत्कुली २७८ मतका साथ विजयी भएका छन् ।

सचिवमा देवेन्द्र बहादुर भुजेल ३४३ मत र मनोज चौधरी ३०६ मतका साथ विजयी भएका छन् । त्यस्तै सह सचिवमा गिता दाहाल ३२३ मत र रामसिंह चौधरी २९३ मतका साथ विजयी भएका छन् ।
मत परिणाम