चितवन क्षेत्र नं १ काँग्रेस सभापतिका लागि ओलीको उम्मेदवारी घोषणा

November 18, 2021 8:50 pm

चितवन,कार्तिक २
नेपाली काँग्रेस चितवन क्षेत्र नं १ को क्षेत्रीय सभापति पदको लागि किरण भूषण सिंह ओलीले उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता ओलीले विहीबार खैरहनीमा पत्रकार सम्मेलनको आयोजना गरी चुनावी एजेण्डा सहित उम्मेदवारी घोषणा गरेका हुन ।

काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय समितिको निर्वाचन मंसिर ६ गते हुदैछ । पत्रकार सम्मेलनमा नेता ओलीले काँग्रेसका नेता,कार्यकर्ता तथा शुभेच्छुकहरुको चाहना बमोजिम आफुले उम्मेदवारी दिने घोषणा गरेका छन् । आम निर्बाचनमा कमजोर सावित हुँदै गएको काँग्रेसलाई आगामी तीनै तहको निर्वाचनमा जिताउने लक्ष्यका साथ उम्मेदवारी दिन लागेको ओलीले बताए । काँग्रेसको संगठन सुदृढिकारण देखि विपी बाचनालय तथा अनुसन्धान केन्द्र स्थापना गर्ने विषयलाई ओलीले चुनाबी एजेण्डा बनाएका छन् ।

काँग्रेसका कार्यकर्तालाई राजनीतिक प्रशिक्षण देखि क्षेत्रीय समितिको आफ्नै जग्गामा भवन निर्माण गर्ने प्रतिबद्धता समेत जनाएका छन् । राजनीतिलाई विकास र उद्यमशिलतासंग जोडेर राजगारी सृजना गर्ने आफ्नो प्रमुख उद्देश्य रहेको बताए । नेतृत्व,संगठन र कार्यालय व्यवस्थपनलाई जोडदारका साथ उठाउदै पार्टीका कार्यकर्तालाई जिम्मेवार बनाउने उनको भनाई छ ।

पद ओगट्ने,काम नगर्ने र सधै अबसर खोजे प्रबृतिको अन्त्य गर्दैै क्षेत्रीय सभापतिमा विजयी भएपछि आफु मेयर,साँसद र पार्टीका अन्य कुनै पनि पदमा चुनाव नलड्ने घोषणा गरे । म आफु चुनाव लड्दिन उनले भने अबको तीनै तहको निर्वाचनमा पार्टीलाई जिताउने छु । क्षेत्र नं १ मा ९९६ जना प्रतिनिधिले मतदान गर्ने छन् । आफु महागठबन्धन बनाएर चुनावमा होमिएको भन्दै उनले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे ।