एमाले महाधिवेशनमा माधव नेपाललाई बोलाउँदैनौ : योगेश भट्टराई

November 17, 2021 4:54 pm

भरतपुर,मंसिर १ । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीको दशौं महाधिवेशनमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई निमन्त्रणा नगर्ने बताएका छन् । महाधिवेशनको तयारीको विषयमा जानकारी दिन बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाललाई महाधिवेशनमा बोलाउनुको औचित्य नभएको भन्दै निमन्त्रणा नगर्ने बताएका हुन । उहाँ बोलाएपनि आउनु हुन्न उनले भने नआउने मान्छेलाई एमालेले बोलाउदैन । पार्टीलाई एकताबद्ध बनाउने सम्भावना जिवितै रहदा रहदै पार्टी फुटाउने मान्छेलाई एमाले नचाहिएको हो उनले अगाडि भने उहाँ आउनु हुन्न,हामी बोलाउदैनौं ।