नेपाली कांग्रेस रत्ननगर १२ को पार्टी कार्यालय उद्घाटन

November 16, 2021 4:33 pm

नेपाली कांग्रेसले रत्ननगर नगरपालिकाको १२ नम्बर वडा पार्टी कार्यालय उद्घाटन गरेको छ। सो वडाको रामलाल चोकमा जिल्ला सभापति जीतनारायण श्रेष्ठले मंगलबार वडा पार्टीको कार्यालय उद्घाटन गरेका हुन्। सो अवसरमा उनले आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई जिताउन एक ढिक्का हुनुपर्ने बताए।

पार्टीभित्रको निर्वाचनको असर स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा पर्न नहुने भन्दै उनले पार्टीको निर्वाचनमा जस्तै तीनै तहको निर्वाचनमा पनि नेता तथा कार्यकर्ता चलायमान हुनुपर्ने बताए। कार्यक्रममा लोकतन्त्रको रक्षाका लागि योगदान गरेका वडा भित्रका हिमप्रसाद काप्री, शिवप्रसाद अमगाँइ , रामचन्द्र पन्त, कलाधर रेग्मी, खडानन्द सुवेदी तथा पूर्व वडा सभापतिहरु नवराज लामिछाने र श्रीकृष्ण घिमिरेलाई सम्मान गरिएको थियो।

वडा सभापति कृष्ण रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगर सभापति प्रल्हाद सापकोटा, जिल्ला सचिव राजीव न्यौपाने, सहसचिव सूर्य अर्याल, क्षेत्रीय सभापतिहरु राजु सिलवाल, सुजन थापा, वडाध्यक्ष वीरबहादुर पाख्रिन, महिला संघकी जिल्ला सदस्य निर्मला ढकाल लगायतले मन्तव्य राखेका थिए।