ट्वान्टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई

November 14, 2021 11:12 pm

ट्वान्टी-२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार राती युएईको दुबईमा भएको फाइनल खेलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउदै अष्ट्रेलियाले पहिलो पटक ट्वान्टी २० विश्वकपको उपाधि जितेको हो । टस जितेर बलिङ रोजेको अष्ट्रेलियालाई न्युजिल्याण्डले जितको लागि १७३ रनको लक्ष्य दिएको थियो । १७३ रनको लक्ष्य अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेटको क्षतीमा पुरा गरेको हो । अष्ट्रेलियाको जितका लागि मिचेल मार्सले अभिजित ७७ रन ,डेभिड वार्नरले ५३ रन र ग्लेन म्याक्सवेलले अभिजित २८ रनको योगदान गरे । अष्ट्रेलियाको बलिङ तर्फ जोस हेजलिउडले सर्वाधिक ३ विकेट लिए । न्युजिल्याण्डको तर्फबाट कप्तान विलिएम्सले सर्वाधिक ८५ रनको योगदान गरेपनि जितको लागि पर्याप्त भएन ।