चितवनमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

November 14, 2021 3:19 pm

चितवनमा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरमा २ र कालीका नगरपालिकामा १ जना गरी थप ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यससँगै चितवनमा सक्रिय संक्रमितको सङ्ख्या २२६ रहेको छ । चितवनमा हालसम्म संक्रमित हुनेको संख्या २६ हजार ८१२ पुगेको छ । २६ हजार १५७ जना निको भएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार चितवनका अस्पतालमा हाल १० जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।