रत्ननगरको हंस मनोरंजन केन्द्र नयाँ व्यवस्थापनमा संचालन हुदै

November 11, 2021 7:21 pm

रत्ननगर, २५ कार्तिक । रत्ननगरमा रहेको हंस मनोरंजन केन्द्र नयाँ व्यवस्थापनका साथ संचालन हुने भएको छ । बिहीबार केन्द्रले पत्रकार सम्मेलनको आयोजन गरेर विविध सांगीतिक कार्यक्रम गर्दै केन्द्रको शुभारम्भ गरिने बताएको हो । शुभारम्भका अवसरमा नेपाल आईडल तेश्रो सिजनका चर्चित गायक किरण कुमार भुजेलको र स्थानिय द नोटेसन व्याण्डको कन्सर्ट रहने केन्द्रका संचालक दिपेन्द्र पोखरेलले जानकारी दिए । शुभारम्भको अवसरमा केन्द्रले उपस्थित सम्पूर्णलाई निःशुल्क स्न्याक्स र खानाका परिकारहरुमा गाला डिनर, मल्टि स्न्याक्स, बार एण्ड व्रज साथै पेय पदार्थ लगाएतको आईटममा २० प्रतिशत छुटको ब्यवस्था समेत गरेको छ ।

पत्रकार सम्मेलनमा केन्द्रले सांगेतिक कार्यक्रममा नि:शुल्क टिकटको व्यवस्था गरिएको र टिकटलाई लक्की ड्र गरि १ जनालाई बिजेता घोषणा गरिने समेत जानकारी दिइयो । विजेताले १ जोडीको लागी बन्दीपुर घुम्ने र खाने बस्ने सुविधा समेत निःशुल्क प्राप्त गर्नेछ ।

केन्द्रले हरेक शुक्रबार राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुतिको साथमा सांगीतिक साँझ आयोजना गर्नेछ । हंस मनोरंजन केन्द्रमा हाल ७ वटा स्ट्याण्डर रुम, ३ वटा स्विमिंग पुल रहेका छन् । जाडो महिनालाई लक्षित गरि तातोपानी सहितको स्विमिंग पुल तयार गरि स्थानिय तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने योजना केन्द्रले राखेको छ । स्थानिय तथा वाह्य पर्यटकका लागी हात्ती तथा जिप सफारीको समेत केन्द्रले व्यवस्था मिलाएको संचालकको भनाई छ ।