चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

November 10, 2021 4:10 pm

चितवनमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरमा ८, खैरहनी नगरपालिकामा २ र रत्ननगर नगरपालिकामा १ जना गरी थप ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यससँगै चितवनमा सक्रिय संक्रमितको सङ्ख्या २७२ पुगेको छ । चितवनमा हालसम्म संक्रमित हुनेको संख्या २६ हजार ७६८ पुगेको भने २६ हजार ६८ जना निको भएका छन् ।