काठमाडौं : बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन् । सोमबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका हुन् ।
उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, नेपाल मजदुर किसान पार्टी र जनता समाजवादी पार्टीलाई विश्वासको मत दिन आग्रह गरे । त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
मुख्यमन्त्री पाण्डेले भने, ‘आज विश्वासको मत मागिरहेको यस घडिमा अब म प्रदेशको फजुल खर्च घटाउन, प्रदेशलाई प्राप्त श्रोतको सही सदुपयोग गरी प्रदेशको आम्दानी बढाउन, प्रदेशका गौरवाका कार्यक्रमलाई प्रवद्र्धन गर्न ध्यान दिने प्रतिवद्धता व्यक्त गर्दछु ।’