काठमाण्डौ,कार्तिक २२
नेपालमा आज थप ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४२५ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ८ लाख १४ हजार ९२९ जना संक्रमित भएकोमा ७ लाख ९५ हजार ८२२ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार ६५४ रहेको छ ।