समाजवादी प्रेस संगठन नेपालको शुभकामना आदानप्रदान

November 3, 2021 6:15 pm

चितवन । नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन नेपाल चितवनले चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

आउँदै गरेको दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसर पारेर उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा उपस्थितहरुले शुभकामना आदान प्रदान गरेका थिए ।

चितवनको सौराहामा आयोजना गरिएको सो कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशको आन्तरीक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनाल रहेका थिए । कार्यक्रममा बोल्दै उनले आफू भर्खरै मात्र उक्त मन्त्रालय सम्हालेको बताउँदै समय छोटो रहेपनि आवश्यक ऐन कानुन निर्माण गरी प्रदेशको विकास गर्ने बताए ।

प्रदेश सरकारले जुनसुकै अवस्थामा पनि पत्रकारहरुको हक हित र सुरक्षाका लागि सदैव तत्पर रहने बताउँदै यो सरकारले कुनैपनि कारणले पत्रकारलाई भेदभाव नगर्ने बताए । सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षको रहेको उनको भनाई थियो ।

संगठनका जिल्ला अध्यक्ष टिकादत्त तिमिल्सेनाको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजवादीका जिल्ला अध्यक्ष कृष्ण पन्त, रत्ननगर अध्यक्ष बद्री घिमिरे,बागमती प्रदेश समिति सदस्य अर्जुन ढकाल, बागमती प्रदेश सदस्य बाबुराम पाठक, विजय खनाल, हरि अधिकारी, होमनाथ सापकोटा लगायत चितवनमा क्रियाशील पत्रकारहरुको सहभागीता रहेको थियो ।