चितवनमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

November 3, 2021 4:43 pm

चितवन,कार्तिक १७
चितवनमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या ३ सय पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । हालसम्म चितवनमा २६ हजार ७०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये ४२७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय अनुसार २५ हजार ९७५ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४२७ रहेको छ ।