निर्वाचनसम्म सत्ता गठबन्धन कायमै रहन्छ : गृहमन्त्री खाँण

October 31, 2021 3:29 pm

बुटवल। गृहमन्त्री बालकृष्ण खाँणले ५ दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन्। आइतबार (आज) रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले ५ दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका हुन्। मन्त्री खाँणले संविधानको रक्षा र जनविश्वासलाई बलियो बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन आम निर्वाचनसम्म कायम रहने बताए। त्यस्तै उनले बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट भएको जनधनको क्षतिको उचित व्यवस्थापन गरिने समेत बताए।