रत्ननगर,कार्तिक १३
प्रेम कथालाई आधार बनाएर वेव सिरिज ‘लभ फिप्टी फिप्टी’ निर्माण गरिने भएको छ । शनिबार फिल्मी पार्टी मिडीयाले रत्ननगरमा पत्रकार सम्मेलनको आयोजन गरि वेव सिरिज ‘लभ फिप्टी फिप्टी’ निर्माण गर्ने घोषणा गरेको हो । यस अघि वेव सिरिज ‘कलेज लाइफ’ निर्माण गरेको फिल्मी पार्टीले निर्माण गर्न लागेको यो दोस्रो वेव सिरिज हो । करिब ५ लाख रुपैयाँको लगानीमा निर्माण हुन लागेको सिरिजको छायाँकन कार्तिक २४ गतेदेखी सुरु हुने निर्माता सागर ढुङ्गानाले जानकारी दिए । वेव सिरिजका अर्का निर्माता मुस्कान काप्रीले सिरिजको छायाँकन चितवन,मकवानपुर र नवलपरासीमा हुने बताए ।
अंकत श्रेष्ठको कथामा निर्माण हुन लागेको वेव सिरिजमा सागर ढुङ्गाना,मुस्कान काप्री र सुवास गौतमले लगानी गरेका हुन । पत्रकार सम्मेलनमा बोल्दै वेव सिरिजका निर्माता तथा फिल्मी पार्टी मिडीयाका संचालक सागर ढुङ्गानाले कोरोनाको कारण सिनेमा घरमा चलचित्र प्रर्दशन नभइराखेको अवस्थामा वेव सिरिज निर्माण गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्न सिरिज निर्माण गर्न लागेको बताए । उनले सिरिज त्रीकोणात्मक प्रेम कथामा आधारीत रहेको जानकारी दिदै दर्शकले रुचाउने विश्वास ब्यक्त गरे । वेव सिरिजमा अनुज गुप्ता,आर्य अधिकारी,तृप्ती श्रेष्ठ,वुद्धिमान तामाङ,दिपक अधिकारी,भिम ढुङ्गेल,जयराम श्रेष्ठ,समिक्षा भट्ट लगाएतको अभिनय रहने छ ।
कार्यक्रममा प्रमुख अतिथी समेत रहेका चलचित्र निर्देशक समाजका उपाध्यक्ष राजु अधिकारी, कलाकार केवल जंग कुंवर, सह निर्माता भिम ढुङ्गेल,सिरीजमा आवद्ध ब्यक्तीहरु लगाएतको उपस्थिती रहेको थियो ।