नेकपा एमाले रत्ननगर नगर कमिटीको सपथ ग्रहण

October 28, 2021 6:16 pm

रत्ननगर,कार्तिक ११
नेपाल कम्युनिष्ट पार्टी (एमाले) रत्ननगर नगर कमिटीलाई सपथ ग्रहण गराईएको छ । रत्ननगर एमालेको प्रथम अधिवेशनले सर्वसम्मत चयन गरेको नगर कमिटी बुधबार घोषणा गर्दै घोषीत कमिटीलाई सपथ ग्रहण गराईएको हो । पार्टीका जिल्ला इन्चार्ज तथा प्रदेश सह इन्चार्ज काशिनाथ अधिकारीले नगर अध्यक्ष इश्वरी प्रसाद अर्याल,उपाध्यक्ष पुष्पराज जोशी , सचिव शिवराज सुवेदी,सह सचिव सागर मिश्र र अरुणा कट्टेल सहित ७५ सदस्यीय नगर कमिटीलाई सपथ ग्रहण गराएका हुन् ।

नगर कमिटीलाई सपथ ग्रहण गराउदै जिल्ला इन्चार्ज तथा प्रदेश सह इन्चार्ज अधिकारीले पार्टीको सिद्धान्त अनुसार उच्च मनोवलका साथ काम गर्न निर्देशन दिए । उनले पार्टीलाई एकतावद्ध वनाउदै संगठन विस्तारमा लाग्न समेत निर्देशन दिए । कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष पार्वती रावलले परमादेशको सरकारले गरेको गलत कामको भण्डाफोर गर्दै आगामी निर्वाचनको तयारीमा नगर कमिटी जुट्नुपर्ने वताइन् ।

कार्यक्रममा बागमती प्रदेश कमिटी सचिवालय सदस्य जेएन थपलिया, रत्ननगरका मेयर नारायण वन,पार्टीका रत्ननगर इन्चार्ज यादव पाठक,क्षेत्रीय कमिटी अध्यक्ष प्रेमनाथ दुवाडी,जिल्ला सचिव प्रकास खनाल लगायत जिल्ला तथा नगरका नेताहरुको उल्लेख्य उपस्थिती रहेको थियो । सपथ ग्रहण कार्यक्रम पार्टीका जिल्ला सह इन्चार्ज तथा केन्द्रीय सदस्य कपिल पोखरेलको अध्यक्षतामा भएको थियो ।