चितवनमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

October 27, 2021 7:41 pm

चितवन : चितवनमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या २८३ मा रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

हालसम्म चितवनमा २६ हजार ५६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये ४२६ जनाले ज्यान गुमाएका छन् भने २५ हजार ८५७ जना संक्रमणमुक्त भएका छन्।