टी २० विश्वकप क्रिकेट : भारत पाकिस्तानसंग पराजित

October 24, 2021 11:18 pm

कार्तिक ७
टी २० विश्वकप क्रिकेटमा भारत पाकिस्तानसंग पराजित भएको छ । आइतबार राति युएइको दुबइमा भएको खेलमा पाकिस्तानले भारतलाइ १० विकेटले पराजित गरेको हो । भारतले पाकिस्तानलाई जितको लागि दिएको १५२ रनको लक्ष्य पाकिस्तानले १७ दशमलब ५ ओभरमा विना विकेटको क्षतीमा पुरा गरेको हो । पाकिस्तानको जितका लागि उत्कृष्ठ बलिङ गरेका शाहिन सा अफ्रिदि एक्लैले ३ विकेट लिए भने हसन अहिले २ र सादाब खान र हरिष रौफले समान १ १ विकेट लिए । ब्याटीङतर्फ पाकिस्तानका मोहम्मद रिज्वानले अभिजित ७८ र बाबर अजमले अभिजित ६८ रनको योजदान गर्दै टिमलाई सहज जित दिलाए । भारतका लागि विराट कोहलीले ५७ र रिषब पन्तले ३९ रनको योगदान गरे पनि त्यो जितको लागि पर्याप्त भएन । भारतका कुनै पनि बलरले विकेट लिन सकेनन् । पाकिस्तानले भारतलाई क्रिकेट विश्वकपमा पहिलो पटक पराजित गरेको हो ।