रत्ननगर,कार्तिक ०६
नेकपा एमाले रत्ननगर वडा नं ५ को अध्यक्षमा कृष्ण महत्तो चयन भएका छन् । पार्टीको शनिबार भएको प्रथम वडा अधिबेशनले महत्तोको अध्यक्षतामा निर्विरोध वडा कमिटी चयन गरेको हो । ३१ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा बिष्णु पौडेल,सचिवमा नारायण नेपाल र उपसचिवमा राजेश रानामगर र भोलानाथ न्यौपाने चयन भएका छन् । अधिवेशन एमाले प्रदेश कमिटी सदस्य राजाराम रेग्मीको प्रमुख आतिथ्यतामा भएको हो । १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत देशभरका ६ हजार ७ सय ४३ वटा वडास्तरका अधिवेशन भएको हो । वडा अधिवेशनलाई नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले जुम एप्स मार्फत सम्वोधन गरेका थिए।