रत्ननगर,कार्तिक ०६
नेकपा एमाले रत्ननगर वडा नं १२ को अध्यक्षमा राम प्रसाद पाण्डे चयन भएका छन् । पार्टीको शनिबार भएको प्रथम वडा अधिबेशनले पाण्डेको अध्यक्षतामा निर्विरोध वडा कमिटी चयन गरेको हो । १७ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा सीता खनाल,सचिवमा इश्वरी प्रसाद घिमिरे र सहसचिवमा लिला बहादुर लम्साल र लक्ष्मी घिमिरे चयन भएका छन् । १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभरका ६ हजार ७ सय ४३ वटा वडास्तरका अधिवेशन भएको हो । वडा अधिवेशनलाई नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले जुम एप्स मार्फत सम्वोधन गरेका थिए।