एमाले वडा अधिवेशन : रत्ननगर ७ को अध्यक्षमा तमाङ्ग

October 23, 2021 6:39 pm

रत्ननगर,कार्तिक ०६
नेकपा एमाले रत्ननगर वडा नं ७ को अध्यक्षमा सुर्य तमाङ्ग चयन भएका छन् । पार्टीको शनिबार भएको प्रथम वडा अधिबेशनले तमाङ्गको अध्यक्षतामा निर्विरोध वडा कमिटी चयन गरेको हो । ३१ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा श्रीराम सिल्वाल,सचिवमा उज्वल पोखरेल र सहसचिवमा प्रतिभा उप्रेती र परारी चौधरी चयन भएका छन् । नवनिर्वाचित वडा कमिटीलाई प्रदेश कमिटी सदस्य लक्ष्मी कोईरालाले पद तथा गोपनियताको सपथग्रहण गराएकी थिइन् । १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभरका ६ हजार ७ सय ४३ वटा वडास्तरका अधिवेशन भैरहेका छन्। वडा अधिवेशनलाई नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले जुम एप्स मार्फत सम्वोधन गरेका थिए।