नेकपा एमाले रत्ननगर ४ को अध्यक्षमा रामकृष्ण गिरी चएन भएका छन् । आज सम्पन्न वडा कमिटीको प्रथम अधिवेशनबाट गिरी सर्वसम्मत चयन भएका हुन्। वडा उपाध्यक्षमा साबित्री लामिछाने, सचिवमा माधव ढुङ्गाना ,सहसचिवमा रेखा चौधरी र टिका विश्वकर्मा चयन भएका छन् । नेकपा एमाले को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभरका ६ हजार ७ सय ४३ वटा वडास्तरका अधिवेशन भैरहेका छन्। वडा अधिवेशनलाई नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले जुम एप्समार्फत सम्वोधन गरेका थिए।