एमाले वडा अधिवेशन : रत्ननगर ८ को अध्यक्षमा मर्दनीया,सचिवमा गिरी

October 23, 2021 4:34 pm

चितवन ०६ कार्तिक । नेकपा एमाले रत्ननगर वडा नं ८ को अध्यक्षमा नवलकिशोर मर्दनीया चयन भएका छन् । पार्टीको १० औं महाधिवेशन अन्र्तगत शनिवार भएको प्रथम वडाअधिबेशनले मर्दनीयाको अध्यक्षतामा निर्विरोध वडाकमिटी निर्वाचत गरेको हो । ३१ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा सम्झना पाख्रिन,सचिवमा गिता गिरी र सहसचिवमा याशराम महतो र मोहनराज मैनाली चयन भएका छन् ।

अधिवेशनले विनोद बस्नेत,गोकर्ण कुमारी महतो,रिता थापा,कुमारी विश्वकर्मा,माया गुरुङ,मोहनाज मैनालीलाई नगर प्रतिनिधि चयन गरेको छ । वडा अधिवेशनको पार्टीका केन्द्रीय सदस्य कपिल पोखरेलले उद्घाटन गरेका थिए । नवनिर्वाचित वडा कमिटीलाई पद तथा गोपनियताको सपथग्रहण समेत गराइएको छ ।

नवनिर्वाचित अध्यक्ष मर्दनीयाले आगामी तीनै तहको निर्वाचनमा पार्टीलाई जिताउने गरी वडातहमा काम गर्ने प्रतिबद्धता जनाए । उनले निर्वाचनमा पार्टी विभाजनको असर नपर्ने गरी संगठन निर्माणमा लाग्ने बताए ।