रत्ननगर अस्पताल तोडफोड गर्ने एक जना पक्राउ

October 22, 2021 7:35 pm

रत्ननगर,कार्तिक ५
चितवनको बकुलहर रत्ननगर अस्पताल तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराती १२ बजेको समयमा अस्पतालको आकस्मिक कक्षमा तोडफोड गर्ने रत्ननगर ५ निवासी किरण कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने कुँवरलाई अपराधिक उपद्र अन्तर्गत मुद्धा चलाइने इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्र बहादुर रानाले जानकारी दिए । उनले पक्राउ पर्ने व्यक्तिमाथि थप अनुसन्धान भइरहेको पनि बताए ।

मादक पदार्थ सेवन गरि अस्पतालको आकस्मिक कक्षमा रहेका सुरक्षाकर्मी र महिला कर्मचारीलाई दुर्व्यबहार गर्दै तोडफोड भएपछि अस्पतालले दोषीलाई हदै सम्मको कारबाहीको माग गरेको छ । घटना भएपछि अस्पतालमा कार्यरत कर्मचारी परिवारले पनि विज्ञप्ती निकालेर सुरक्षाको लागी ध्यानाकर्षण गराउदै दोषीलाई कारवाहीको माग गरेको थियो ।