न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

October 22, 2021 2:01 pm

काठमाडौं। न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण सेयर ९आईपीओ० बाँडफाँट भएको छ कम्पनीले असोज १५ गतेदेखि असोज १९ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ शुक्रबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले क्यापिटलको कार्यालय नक्सालमा बाँडफाँट गरेको हो।

कम्पनीको आईपीओमा २२ लाख ५५ हजार ८४ जना आवेदकले २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन दिएका थिए। मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथामार्फत बाँडफाँट गर्दा २ लाख ९ हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर पाउने छन्। २२ लाख ४१ हजार १ सय ३८ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँड गर्दा २० लाख ५२ हजार बढी आवेदक हात खाली भएको क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार जसमध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द गरिएको छ।

कम्पनीले असोज १५ गतेदेखि असोज १९ गतेसम्म सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो। जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाईएको थियो। बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्वसाधारणका लागि छुट्याइएको थियो। कम्पनीको आईपीओको नतिजा केहि घण्टापछि मात्र हेर्न सकिने छ।