रत्ननगर अस्पतालमा तोडफोड

October 22, 2021 10:18 am

रत्ननगर,कार्तिक ५
चितवनको बकुलहर रत्ननगर अस्पतालमा तोडफोड भएको छ । गएराती १२ बजेको समयमा अज्ञात समुहले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेको हो । तोडफोडबाट अस्पतालको आकस्मिक कक्षमा क्षती पुगेको छ । मादक पदार्थ सेवन गरेर आएका ३ जनाको समुहले अस्पतालमा तोडफोड गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विश्वबन्धु बगालेले जानकारी दिए । उनले तोडफोड गर्न आएको समुहले अस्पतालमा कार्यरत सुरक्षाकर्मी र महिला कर्मचारीमाथी दुर्व्यबहार गरेको पनि बताए । तोडफोड गर्ने ब्यक्तीले प्रयोग गरेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको अस्पतालले जनाएको छ । अस्पतालले घटनामा संलग्न ब्यक्तीलाई हदैसम्मको कारबाहीको माग गरेको छ ।