चितवनमा कोरोना : मृत्यु हुनेको संख्या ४२५ पुग्यो,२९ संक्रमितको अस्पतालमा उपचार हुँदै

October 19, 2021 3:59 pm

चितवन,कार्तिक २
चितवनमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको ज्यान गएको छ। जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सक्रिय संक्रमितको संख्या २३२ रहेको छ । संक्रिय संक्रमित मध्य २९ जनाको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २०३ जना होम आइसोलेसनमा रहेका छन् । चितवनमा अहिले सम्म २६ हजार ३६७ जना कोरोना संक्रमित भएकोमा २५ हजार ७१० जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । अहिले सम्म मृत्यु हुनेको संख्या ४२५ पुगेको छ ।