थप ५ सय ९१ जनामा कोरोना पुष्टि

October 18, 2021 7:18 pm

काठमाण्डौ,कार्तिक १
नेपालमा आज थप ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९३७ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ८ लाख ५ हजार ५६० जना संक्रमित भएकोमा ७ लाख ८२ हजार ३९३ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ११ हजार २९३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ रहेको छ ।