मैत्रिपुर्ण फुटबलमा लायन्स क्लब रत्ननगर विजयी

October 10, 2021 11:32 am

रत्ननगर असोज २४
लायन्स क्लब अफ रत्ननगर मिड नेपालले आयोजना गरेको मैत्रिपुर्ण फुटबल प्रतियोगितामा आयोजक लायन्स क्लब विजयी भएको छ । विजया दशमीको अवसर पारेर टिकौली चौरमा आयोजना गरिएको पुर्वि चितवन पत्रकार मंच र लायन्स क्लब अफ रत्ननगर मिड नेपाल बिचको मैत्रीपुर्ण खेलमा लायन्स क्लब ३–२ गोल अन्तरले विजयी भएको हो ।

प्रतियोगीतामा लायन्स क्लबका तर्फबाट सुरेश जंग पाण्डेले २ र नगेन्द्रराज पाण्डेले १ गोल गरेका हुन् भने पत्रकार मंचको तर्फबाट राजन दिल गुरुङ र मुस्कान काप्रीले १–१ गोल गरेका हुन् । क्लबको नेतृत्व गणेश पौडेल र पत्रकार मंचको नेतृत्व होमनाथ सापकोटाले गरेको प्रतियोगिताको म्यान अफ द म्याच सुरेश जंग पाण्डे घोषित भए ।

प्रतियोगिताको प्रमुख अतिथी रत्ननगर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष केशब आचार्यले विजयी टोलीलाई ट्रफी र प्रतियोगिता सफल पार्न योगदान दिने ब्यक्तीहरुलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रम लायन्स क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष सुर्य रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।