रत्ननगर, २३ असोज ।
रत्ननगर नगरपालिका–१२ का वडा सदस्य ठूलोकान्छा तामाङको परिवारलाई आर्थिक सहयोग गरिएको छ । शनिबार एक कार्यक्रममा बीच रत्ननगर नगरपालिका, नगरपलिकाका जनप्रतिनिधि र नगर खेलकुद विकास समितिले एकमुष्ट ३ लाख ६६ हजार ७५० रुपैयाँ सहयोग गरेका हुन् ।
गत भदौ २९ गते मृत्यु भएका तामाङको परिवारलाई रत्ननगर नगरपालिकाले २ लाख, जनप्रतिनिधीले १ लाख ३३ हजार, नगर खेलकुद विकास समितिले १ लाख ३३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको सामाजिक विकास समिति संयोजक केशब आचार्यले जानकारी दिए । मृतक तामाङको परिवारमा रहेका १ छोरा र १ छोरीको शिक्षाको लागि आर्थिक सहयोग गरिएको नगर प्रमुख नारायण वनले बताए ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख विमला दुवाडी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, वडा अध्यक्ष, वडा सदस्य, नगरपालिकाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।