साथी मार्टको ७१ औं शाखा रत्ननगरको बकुलहरमा

October 7, 2021 4:58 pm

रत्ननगर,असोज २१
देशका प्रमुख शहरमा शाखा रहेको साथी मार्टले रत्ननगरको बकुलहरमा पनि शाखा बिस्तार गरेको छ । बिहीबार रत्ननगर उद्योग बाणीज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले रिबन काटेर मार्टको ७१ औं शाखाको उद्घाटन गरेका हुन् । करिब डेढ करोडको लगानीमा खोलीएको मार्ट रत्ननगका पुराना ब्यवसायी राजु श्रेष्ठले संचालनमा ल्याएका हुन् ।

मार्टको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले रत्ननगरमा मार्टको शाखा विस्तार भएकोमा खुसी ब्यक्त गर्दै रत्ननगर पनि शहरिकरण तर्फ उन्मुख भएको बताए । उनले मार्ट को शाखा विस्तार भएसंगै सामानको लागि बजार घुमिरहनुपर्ने बाध्यता हट्ने बिश्वास ब्यक्त गरे । सुपरमार्केट उद्घाटनको अबसरमा गामबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालबालिकाको लागि आर्थिक तथा खाद्यान्न सहयोग गरिएको छ । केन्द्रमा आश्रित बालबालिकालाई १० हजार नगद सहित १० बोरा चामल,१० प्याकेट आटा,१० लिटर तेल,१० किलो दाल सहयोग गरिएको सञ्चालक रामदेबी श्रेष्ठले जानकारी दिइन । मार्टमा स्थानीय उत्पादन गुन्द्रुक देखि आधुनीक सामानहरु विक्रीका लागि राखिएको साथी मार्टका एरिया सेल्स अफिसर सुजन फुयालले जानकारी दिए ।

यहाँ खाद्यान्न,पेय पदार्थ,कपडा,श्रृङ्गार लगायतका सामानहरु विक्रीका लागि राखिएको छ । गरिव तथा धनि बर्गले सजिलै खरिद गर्न सक्ने गरी सामग्रीको मुल्य निर्धारण गरिएको छ । रिक्सा चलाएर जीविकोपार्जन गर्ने मजदुर बर्गले समेत सामान खरिद गर्न सक्ने गरी सुपथ मुल्य निर्धारण गरिएको सञ्चालक श्रेष्ठले बताए । खाद्यान्न लिन केन्द्रबाट आएका चेपाङ वालवालिकाहरुले समेत सो मार्टबाट सामान खरिद गरेका छन् । उद्घाटनको अबसरमा दसैं र तिहारको अबधिमा हरेक सामानमा ३५ प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ ।